अब बहराइन प्रवेश गर्दा पीसीआर परीक्षण तथा क्वरेण्टिन बस्न नपर्ने

 फागुन ९, २०७८ सोमबार १७:१९:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बहराइन प्रवेश गर्ने यात्रुलाई अब त्यहाँको विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । बहराइन न्युज एजेन्सीका अनुसार हिजोदेखि नै बहराइन अन्तर्राष्ट्रिय विमानस्थलले यो नियम लागू गरेकाे हाे । 

कोरोनासँग जुध्न गठित बहराइनको राष्ट्रिय चिकित्सा कार्यसमितिको सिफारिसमा बहराइनको नागरिक उड्ययन विभागले यो नियम लागू गरेको हो । तर कोरोनाको लक्षण देखिएकाहरुको भने पीसीआर परीक्षण गरिनेछ । यस्तै नयाँ निर्णय सँगै अब कोरोना संक्रमितको सम्पर्कमा आएका तथा साथमा बी अवार मोबाइल एप्लिकेशन नभएकाहरुले पनि आइसोलेशन बस्न नपर्ने भएको छ ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया