युक्रेनलाई सहयोग र समर्थन जुट्दै : तीन देशका विदेशमन्त्री यही हप्ता युक्रेन भ्रमणमा जाँदै

 फागुन १०, २०७८ मंगलबार ७:०:२६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसले युक्रेनमा आक्रमण गर्न लागेको चर्चाकाबीच विभिन्न तीन देशका विदेश मन्त्री युक्रेन भ्रमणमा जाने भएका छन् । इस्टोनिया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लाग्नु भएको हो ।

युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरु युक्रेन जान लागेको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ ।

लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभिस्कले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूहरु युक्रेन भ्रमणमा जान लागेको पुष्टि गर्नुभएको छ । उहाँले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि युक्रेन जान लागेको जानकारी दिनुभएको छ ।

मित्र देशको दायित्वअनुसार आफूहरुले यसै हप्ता युक्रेन भ्रमण गर्न लागेको लाट्भीयाका विदेशमन्त्रीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया