रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – चालु आर्थिक वर्षको सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आज मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सात महिनामा नेपालको व्यापार घाटा १० अर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको विदेशी वस्तु नेपाल आयात भएको छ भने नेपालबाट जम्मा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । सात महिनामा आयात ४२ दशमलव ७८ प्रतिशतले र ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यात वृद्धि भएको हो ।
तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । सात महिनामा नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख रुपैयाँ बढीको आयात गरेकाे छ । नेपालले भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापार घाटा बेहाेरेकाे छ ।
भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएको छ । चीनसँग मात्र एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।
सात महिनामा नेपालले ५० अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । यस्तै २४ अर्ब रुपैयाँको तरकारी, १३ अर्ब रुपैयाँको फलफूल, १६ अर्ब रुपैयाँमा घिउतेल, साढे पाँच अर्ब रुपैयाँको चिया–कफी र साढे पाँच अर्ब रुपैयाँकै चिनी र चिनीबाट बनेका वस्तु आयात भएको छ । १६ अर्ब ८३ करोड रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।