युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिने रुसकाे निर्णयपछि पश्चिमा देशद्वारा प्रतिबन्ध लगाउन सुरु

 फागुन १०, २०७८ मंगलबार २०:१७:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – रुसले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि पश्चिमा देशहरूले उमाथि प्रतिबन्ध लगाउन थालेका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दक्षिण–पूर्वी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई छुटै राज्यको मान्यता दिएर त्यहाँका विद्रोहीलाई औपचारिक मान्यता प्रदान गरेपछि अमेरिका र युरोपेली देशहरू आक्रोशित भएर प्रतिबन्ध लगाउन थालेका हुन् ।

बेलायतले पाँच वटा रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अन्तिम समयसम्म पनि कुटनीतिक समाधान खोज्ने तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगाडि बढ्दै गए भने अरू सम्भावनाहरूमाथि विचार गर्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

जर्मनीले 'नोर्ड स्ट्रीम टू' पाइपलाइनलाई प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गरेको छ । जर्मनका चान्सलर ओलाफ शोल्ट्सले 'नोर्ड स्ट्रीम टू' विना पनि जर्मनीमा ग्यासको आपूर्ति सुनिश्चित भएको बताउनुभएको छ । यस्तै अमेरिकाले प्रतिबन्धबारे छलफल गरिरहेको बताएको छ ।

रुसी राष्ट्रपतिले युक्रेनका दुई क्षेत्रलाई छुटै राज्यको मान्यता दिएसँगै विद्रोहीसँग भएको सन्धिअनुसार शान्ति स्थापनाका लागि भन्दै रुसी सैनिक युक्रेनी क्षेत्रमा तैनाथ गर्न आदेश दिनुभएको छ । पुटिनको आदेशअनुसार डोनेट्स्क र लुहान्स्कमा रुसी सैनिक प्रवेश गरेका रोयटर्सले जनाएको छ । 

विश्व समुदायले नै रुसको आलोचना गरिरहँदा चीनले भने यस घटनालाई जटिल पक्ष भन्दै सन्तुलित प्रतिक्रिया दिएको छ । चीनले यस घटनामा कुनै पनि पक्ष नलिइकन बरु तनाब बढाउन सक्ने कार्यबाट बच्न आग्रह गरेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्र सङ्घले रुसको निर्णयले युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन गरेको बताएको छ । रुसी राष्ट्रपति पुटिनको घोषणापछिको अवस्थाको बारेमा छलफल गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को बैठक बसिरहेको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया