अमेरिकाले आफूहरूलाई थप हतियार दिने वाचा गरेको युक्रेनकाे भनाइ

 फागुन ११, २०७८ बुधबार ९:४२:३६ | एजेन्सी
unn.prixa.net

अमेरिकाले आफूहरुलाई थप हतियार दिने वाचा गरेको युक्रेनले जनाएको छ । तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना युक्रेनमा परिचालित नहोस् भन्ने चाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले बताउनुभएको छ ।

अमेरिकाले युक्रेनलाई रक्षासम्बन्धी सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । साथै रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ । रुसले क्राइमिया गाभ्दा पनि अमेरिकाले यसैगरी प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो प्रतिबन्ध त्यो भन्दा कडा रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।

अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी बैंकको व्यापारमा रोक लगाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक पनि रद्द गर्नुभएको बीबीसीले जनाएको छ । रुसमाथि प्रतिबन्ध लगाएपछि युक्रेनले यो कदमको प्रशंसा गरेको छ । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गर्नुभएको हो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया