नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच सङ्घर्ष चलिरहेको छ : प्रचण्ड

 फागुन ११, २०७८ बुधबार १४:४१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको दाबी गर्नुभएको छ । 

आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्टाउन भरमग्दुर कोसिस गर्ने गरेको र अहिले नेपालमा पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको उल्लेख गर्नुभएको छ । क्रान्ति विरोधीहरूले कैयौँ षड्यन्त्र रचेको र भ्रम छरिरहेको तर आफूहरूले सबै प्रपञ्चको जालो चिरेर विजयी हुने प्रचण्डको जिकिर छ ।  

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको छ । उनीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ’, उहाँले फेसबुकमा लेख्नुभएकाे छ ।

अमेरिकी सहायता एमसीसी संसदमा टेबल भएको तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिन थालेको अवस्थामा प्रचण्डको याे भनाइ आएको हो । एमसीसीमाथि भोलि बिहीवारदेखि संसदमा छलफल थाल्ने तयारी छ । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया