देशभर एक महिना सङ्कटकाल लगाउने युक्रेन सुरक्षा परिषद्को निर्णय

 फागुन ११, २०७८ बुधबार १८:५६:१५ | एजेन्सी
unn.prixa.net

रुसी कदमकाे विराेध गर्दै युक्रेनी प्रदर्शनकारी, तस्बिर : एजेन्सी

काठमाण्डाै – युक्रेनले देशभर सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ । केहीबेरअघि सम्पन्न सुरक्षा परिषद् बैठकले आउँदो ३० दिनका लागि सङ्कटकाल घोषणा गर्ने निर्णय गरेको युक्रेनका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

सुरक्षा परिषद्को निर्णय युक्रेनको संसद्ले अनुमोदन गरेपछि लागू हुन्छ । रुसले युक्रेनका विवादित क्षेत्रमा सेना पठाइसकेको र सम्भावित आक्रमणको खतरालाई ध्यान दिएर युक्रेनले सङ्कटकाल लगाउन लागेको हो । 
यस्तै सुरक्षा परिषद् बैठकले १८ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई सैनिकको रूपमा खटिन तयारी रहन आह्वान गरेको छ । 

यस्तै युक्रेनले रुसमा रहेका आफ्ना ३० लाख नागरिकलाई तत्काल रुस छाड्न अनुरोध गरेको बीबीसीले जनाएको छ । रुसले हिजो मङ्गलवार युक्रेनबाट छुट्टिएका दुई विवादित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर विद्रोहीहरूलाई सहयोग गर्न आफ्ना सैनिक पठाएपछि रुस–युक्रेन युद्धको सम्मुखमा पुगेका छन् । अमेरिका, बेलायतसहित पश्चिमा देशहरूले रुसी बैंक र संसदमाथि प्रतिबन्ध लगाएका छन् । 

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेन सङ्कटको कुटनीतिक समाधानका लागि आफू अझै पनि तयार रहेको बताउनुभएको छ । तर वार्ताका लागि तयार भए पनि रुसको हित र रुसी नागरिकको सुरक्षामा सम्झौता गर्न भने नसक्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया