रुसका राष्ट्रपति पुटिनद्वारा युक्रेनमा सैन्य कारबाहीको घोषणा : डोनेट्स्क क्षेत्रमा विस्फोट

 फागुन १२, २०७८ बिहीबार ९:५२:४ | एजेन्सी
unn.prixa.net

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गर्नुभएको छ । डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटको आवाज समेत सुनिएको छ ।

विस्फोटको थप विवरण आउन बाँकी छ । रुस–युक्रेन तनावबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपति पुटिनले टेलिभिजन सम्बोधनमार्फत पछिल्लो घोषणा गर्नुभएको हो । यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति पुटिनले कुनै जवाफ नदिएको प्रतिक्रिया दिनुभएको थियो ।

 

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झण्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको समेत बताउनुभएको छ । उहाँले यो आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने चिन्ता व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह समेत गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया