बारामा प्रहरीको गोली लागेर एक भारतीयको ज्यान गयो, गाँजा तस्करीको आरोपमा एक जना पक्राउ

 फागुन १२, २०७८ बिहीबार १२:१३:५० | रासस
unn.prixa.net

बारा - प्रहरीको गोली लागेर बारामा एक  भारतीय नागरिककाे ज्यान गएकाे छ । 

गएराति करिब सात/आठ जनाको समूहमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचनापछि प्रहरी टोली तस्करको खोजीमा निस्किएको थियो ।

प्रहरीको टोलीलाई लक्षित गरी सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा तस्करले एक राउन्ड गोली चलाएको र जवाफमा प्रहरीले चलाएको गोली लागि नाम खुल्न नसकेका भारतीय एक गाँजा तस्करको ज्यान गएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

गोली लागेर घाइते उनको कलैया अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्राका ४० वर्षीय हृदयेश गिरी पक्राउ परेका प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।     

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया