रुसका पाँच वटा विमान खसाल्यौँ : युक्रेनी सेना

 फागुन १२, २०७८ बिहीबार १३:८:५५ | एजेन्सी
unn.prixa.net

युक्रेनको सशस्त्र फौजले पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।

“शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” युक्रेनी सुरक्षा फौजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमान खसालिएको कुरा अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य पूर्वाधारलाई निसाना बनाइरहेको जनाएको छ ।

पूर्वी युक्रेनका सुरक्षाफौजको पोस्ट लक्षित गरी रुसले आक्रमण गरिरहेको खबरमा भनिएको छ । रुसले आक्रमण थालेसँगै युक्रेनका नागरिक त्रसित भएका छन् ।  विस्फोट हुन थालेपछि राजधानीमा भागाभाग भएको छ।

सयौँले राजधानी छाडेका त्यहाँका एक पत्रकारलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया