रुसकाे बम आक्रमणबाट सात जनाकाे ज्यान गयाे : युक्रेनी प्रहरी

 फागुन १२, २०७८ बिहीबार १३:४४:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले गरेको बम आक्रमणमा सात जनाको ज्यान गएको युक्रेनको प्रहरीले बताएका बीबीसीले जनाएकाे छ । पोदिल्स्कमा रहेको एक सैनिक एकाइमा भएको आक्रमणमा ६ जना मारिएका र सात जना घाइते भएका अधिकारीहरूले बताएका छन् । अन्य १९ जना हराइरहेका बीबीसीमा उल्लेख छ । 

युक्रेनी प्रहरीका अनुसार मेरियोपोलमा अर्का एक जनाको ज्यान गएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहीवार बिहान युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो । त्यो घोषणापछि रुसले युक्रेनका सैनिक एकाइहरूमा आक्रमण गरेको हो । युक्रेनले पनि यसको पुष्टि गरेको छ र केही ठाउँमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । 

यद्यपि रुसले भने नागरिक रहेका क्षेत्रमा आक्रमण नगरेको बताएको छ ।

यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सदस्य राष्ट्रहरूले दुवै देशलाई संयम रहन सुझाव दिएका छन् । केही देशले कुटनीतिक माध्यमबाट समाधान निकाल्नुपर्ने बताएका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया