रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

 फागुन १२, २०७८ बिहिबार १४:२९:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

आफ्ना बख्तरबन्द गाडीसहितका सेना युक्रेन प्रवेश गर्नुअघि रुसले सीमा क्षेत्रमा बम आक्रमण गरेको खबरमा उल्लेख छ । रुसले युक्रेनलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ । 

युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) का अनुसार रुसी सेना युक्रेन प्रवेश गर्दा उसका केही सुरक्षाकर्मी घाइते भएका छन् ।

युक्रेनका सीमा सुरक्षा बल र सशस्त्र सेनाले रुसी सेनालाई रोक्नका लागि सबै उपायहरू गरिरहेको बताएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया