पुटिन आधुनिक युगका ‘हिटलर’ : युक्रेनी पूर्वराष्ट्रपति

 फागुन १२, २०७८ बिहिबार १४:५८:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनका पूर्वराष्ट्रपति पेत्रो पोरोशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आधुनिक युगका ‘हिटलर’ भएको आराेप लगाउनुभएकाे छ । पोरोशेन्को अहिले सांसद हुनुहुन्छ । उहाँले आजको दिन दुःखद भएको तर जित युक्रेनको हुने दाबी गर्नुभएको छ । 

रुससँगको तनावबारे युक्रेनको राजधानी कीएफमा अहिले सांसदहरूको आपत्कालीन बैठक चलिरहेको छ । बैठकमा सहभागी हुन जाँदै गर्दा पूर्वराष्ट्रपति पोरोशेन्कोले संसदबाहिर पत्रकारहरूलाई पुटिन आधुनिक युगका ‘हिटलर’ भन्नुभएको हो । 

पोरोशेन्को सन् २०१४–१९ सम्म युक्रेनका राष्ट्रपति हुनुहुन्थ्यो । अहिले संसदमा तनावपूर्ण अवस्था रहेको युक्रेनका एक पत्रकारले बताएका बीबीसीले जनाएको छ । 

आज बिहीवार बिहान पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो । त्यो घोषणापछि युक्रेनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भएको छ । रुसी आक्रमणबाट अहिलेसम्म सात जनाको ज्यान गएको युक्रेनले बताएको छ । आक्रमणमा सैन्य एकाइहरूलाई निसाना बनाइएको अधिकारीहरूले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया