युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध ताेड्याे

 फागुन १२, २०७८ बिहिबार १६:२२:८ | एजेन्सी
unn.prixa.net

युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताउनुभएको बीबीसीले जनाएको छ ।  
यसैबीच राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने बताउनुभएको छ । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो ।

आज बिहीवार बिहान पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो । त्यो घोषणापछि युक्रेनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भएको छ । रुसी आक्रमणबाट अहिलेसम्म सात जनाको ज्यान गएको युक्रेनले बताएको छ । आक्रमणमा सैन्य एकाइहरूलाई निसाना बनाइएको अधिकारीहरूले बताएका छन् । 

युक्रेनमा रुसले गरेको आक्रमणकाे अमेरिका, बेलायतसहित संयुक्त राष्ट्र सङ्घले कडा निन्दा गर्दै संयमता अपनाउन आग्रह गरेका छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया