‘रुसकाे आक्रमणबाट ४० भन्दा बढी युक्रेनी सैनिककाे ज्यान गयाे’

 फागुन १२, २०७८ बिहीबार १९:११:२९ | एजेन्सी
unn.prixa.net

रुसकाे आक्रमणबाट आफ्ना ४० भन्दा बढी सैनिककाे ज्यान गएकाे युक्रेनले जनाएको छ । रुसले गरेका बम आक्रमण, मिसाइल र रकेट आक्रमणमा परेर ४० भन्दा बढी सैनिक र केही सर्वसाधारणको ज्यान गएको युक्रेनी राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

स्थलमार्ग हुँदै रुसका सेना युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेका युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसको आक्रमणको डरका कारण लाखौँ युक्रेनी सहर छाडेर भागिरहेका छन् । 

यसैबीच युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताउनुभएको बीबीसीले जनाएको छ । 
यस्तै राष्ट्रपति जेलेन्स्कीले देशको रक्षाका लागि देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने पनि बताउनुभएको छ । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो । 

यसैबीच उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले रुसमा आक्रमणको तयारी गरेको छ । युक्रेनमाथि धावा बोलेर रुसले समग्र युरोपलाई नै अस्थिरतामा लैजान खोजेको भन्दै नाटोले रुसविरुद्ध आक्रमणको तयारी थालेको समाचार संस्था एएफपीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया