राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट, २५ लाख ५ हजार जना आवेदकको हात खाली

 फागुन १२, २०७८ बिहिबार २०:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज बिहीवार आईपीओ बाँडफाँट गरेको हो । 

आईपीओमा २५ लाख ८५ हजार दुई सय ६१ जनाले आवेदन दिएकोमा पाँच हजार आठ सय ५९ जनाको आवेदन रद्द भएको थियो । योग्य आवेदकको सङ्ख्या २५ लाख ७९ हजार चार सय दुई जनामध्ये गोलाप्रथाबाट ७९ हजार चार सय ५० जनाले १० कित्ताको दरले पाएका छन् ।

यस्तै २५ लाख पाँच हजार आठ सय ११ जना आवेदकको हात खाली भएको छ । लघुवित्तले आठ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया