यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले देशमा सेनाको परिचालनको आदेश दिनुभएको छ । रुससँग भइरहेको युद्धको अवस्थामा राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिनुभएको हो।
एक भिडियो सन्देशमार्फत उहाँले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताउनु भएको छ । युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ ।
युक्रेनको सेनाका अनुसार रुसले राजधानी किभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ । युक्रेनको सेनाले रुसी आक्रमणको जवाफमा आक्रमण गरिरहेको बताएको बीबीसीले जनाएको छ । रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिक घर छाडेर सुरक्षित ठाउँमा पुगेका छन् ।
रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किभमा कयौँ नागरिक मेट्रो स्टेसनमा पुगेका छन् । बम आक्रमणबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि मेट्रो स्टेसन खुला राखिएको छ । आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो सङ्ख्यामा आफ्नो देशमा शरणार्थीलाई ठाउँ उपलब्ध गराउने तयारी पनि थालेका खबरमा उल्लेख गरिएको छ । युरोपेली सङ्घका शीर्ष नेतृत्वकर्ताहरूले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन् ।
रुसले आक्रमण गरेको पहिलो दिन हिजो युक्रेनमा १ सय ३७ जनाको ज्यान गएको त्यहाँका राष्ट्रपति जेलेन्सकीले बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।