'आईएमई पे' स्क्यान गरी किराना सामग्री खरिद गर्दा दश प्रतिशत छुट पाइने

 फागुन १३, २०७८ शुक्रबार ११:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आईएमई पेले  प्रयोगकर्ताहरुलाई लक्षित गर्दै विभिन्न डिपार्टमेन्टल स्टोरहरुबाट किराना सामग्री खरिद गर्दा १० प्रतिशत छुट दिने अफर ल्याएकाे छ। 

नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको आईएमई पेले जनाएकाे छ। 

स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आईएमई पेले स्क्यान एनी क्यूआर अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्क्यान गरी कुनै पनि भुक्तान गर्न मिल्ने सुविधा ल्याएको हाे।

यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आईएमई पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

प्रयोगकर्ताहरुले याे अफर एकपल्ट मात्रै प्रयोग गर्न पाउने आईएमई पेले जनाएकाे छ। छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, के-के सुपरमार्ट, सेल्सबेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । 

क्याम्पियनमा आईएमई पे मोबाइल वालेटमार्फत मात्रै १० प्रतिशत अर्थात एक सय रुपैयाँसम्म छुट उपलब्ध हुने भएकाे छ । स्क्यान गरी अथवा डाइरेक्ट भुक्तानी गर्दा एक वालेट आईडीले एक डिपार्टमेन्टल स्टोर र एक समयको लागि मात्र १० प्रतिशत छुट दिइने भएकाे छ । यो अफर सीमित अवधिको लागि मात्र लागू हुने आईएमई पे ले जनाएकाे छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया