सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जान्छ : नेता खनाल

 फागुन १३, २०७८ शुक्रबार १७:१३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिनुभयो । आज शुक्रवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि देशमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवासपना मात्र भएको जिकिर गर्नुभयो । 

सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, देश, राजनीतिक पार्टी र संसद् विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनाहरूलाई उजागर गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सांसद खनालले भन्नुभयो, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकारभित्र विभाजन आयो । संसदमा विभाजन आयो । आम जनताका बीचमा समेत विभाजन आयो । यो ग्म्भीर सबाल हो । यो गम्भीर सवालमा कम्तीमा पनि नेपाल एकताबद्ध हुनुपर्छ । देश र जनतालाई विभाजित गर्ने काम नगरौँ । नेपाली कांग्रेसले कसरी अघि बढ्ने भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुपर्छ । जनता, देश जेसुकै होस्, एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश दुर्घटनातिर जान्छ ।’ 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया