रुसले बेलायती एअरलाइन्सको विमानमाथि प्रतिबन्ध लगायो

 फागुन १३, २०७८ शुक्रबार १७:५५:७ | एजेन्सी
unn.prixa.net

रुसले बेलायती एअरलाइन्सको विमानमाथि प्रतिबन्ध लगाएको छ । रुसको सिभिल एभिएशन रेग्युलेटरले बेलायती एअरलाइन्सको विमानलाई आफ्नो हवाई क्षेत्रबाट जान पनि अनुमति नदिने बताएको बीबीसीले जनाएको छ ।  

यसअघि बेलायतले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसको राष्टिय एअरलाइन एरोफ्लोटलाई आफ्नो देशमा अवतरण गर्न रोक लगाएको थियो । त्यसको जवाफी कारबाही स्वरूप रुसले पनि बेलायती एअरलाइन्सका विमान आफ्नो देशमा अवतरण गर्न रोक लगाएको हो । 

यसका साथै बेलायतले रुसको कैयौँ बैंक र कैयौँ अर्बपतिमाथि प्रतिबन्ध लगाएको छ । रुसको सैनिक कारबाहीको घोषणापछि युक्रेनले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विभिन्न शक्ति देशहरूले पनि उसमाथि प्रतिबन्ध लगाएका छन् ।

यसैबीच आज शुक्रवार रुसी सेना युक्रेनको राजधानी किएभ पसेका छन् । यस्तो अवस्थामा युक्रेनले नागरिकहरूलाई सेनामा समावेश हुन अपिल गरेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया