युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार :  विदेशमन्त्री लाभराेभ

 फागुन १३, २०७८ शुक्रबार १८:३१:५९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, तस्बिर : एजेन्सी

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनी सेनाले आत्मसमर्पण गरेमा उससँग वार्ता गर्न मस्को तयार रहेको बताउनुभएको छ । युक्रेनकाे राजधानीमा किएभमा रुसी सेनाहरू अघि बढ्दै गर्दा विदेशमन्त्री लाभाराेसकाे यस्ताे टिप्पणी आएको हो ।

‘युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउनेबित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौँ’, लाभरोभले आज शुक्रवार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । 

यसैबीच उहाँले युक्रेनमाथिकाे सैनिक कारबाहीकाे उद्देश्य त्यहाँका नागरिकलाई दमनबाट मुक्त गराउनु रहेकाे बताउनुभएकाे छ । यसबाट युक्रेनका नागरिकले आफ्नाे भविष्य निर्धारित गर्न सक्ने उहाँकाे भनाइ थियाे ।

रुसकाे विदेश मन्त्रालयले एक भिडियाे सार्वजनिक गरेकाे छ, जसमा विदेशमन्त्री लाभराेभले युक्रेनी सहर दाेनेत्स्क र लुहान्स्कका प्रतिनिधिसँग भेट गरेकाे देख्न सकिन्छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया