राष्ट्र सङ्घ सुरक्षा परिषदमा रुसद्वारा भिटो पावर प्रयोग

 फागुन १४, २०७८ शनिबार १०:८:५४ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा रुसले भिटो पावरको प्रयोग गरेको छ । युक्रेनमा भएको आक्रमणबारे राखिएको प्रस्तावमा रुसले भिटो पावर प्रयोग गरी त्यसलाई रोकेको हो ।

प्रस्तावको पक्षमा ११ सदस्य देशले भोट गरेका छन् भने भारत, चीन र यूएईले मतदानमा भाग लिएनन् ।

युक्रेनमा रुसी आक्रमणलाई रोक्ने र सेनालाई फिर्ता बोलाउने विषयमा मतदान गराइएको थियो । सुरक्षा परिषद्को बैठकमा रुसी राजदूतले युक्रेनमाथि गरिएको आक्रमणको बचाउ गरी डोनबास क्षेत्रका युक्रेनी नागरिकको सुरक्षाका लागि यो कदम उठाएको बताउनुभयो । तर अमेरिकी राजदूतले रुसले भिटो पावरको गलत प्रयोग गरेको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । रुस राष्ट्र सङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदमा रुससँगै अमेरिका, चीन, फ्रान्स र बेलायत रहेका छन् । उनीहरुसँग भिटो पावर प्रयोग गर्ने अधिकार छ ।

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा युक्रेनमाथि गरिएको आक्रमणको विषय उठाएको भन्दै युक्रेनले सदस्य देशहरुलाई धन्यवाद दिएको छ । यसअघि हिजो युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने प्रतिक्रिया दिनुभएको थियो ।

साथै युक्रेनले बेलायत तथा अन्य मित्रदेशलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह पनि गरेको छ । जति छिटो संवाद सुरु हुन्छ रुसलाई त्यति कम क्षति हुने प्रतिक्रिया दिनुभएको छ । रुसले अस्ति बुधवार आक्रमण सुरु गरेपछि युक्रेनका विभिन्न ठाउँमा घटना भइरहेका छन् । रुसी सैनिक युक्रेनको राजधानी किएभ पुगेका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया