श्रीलङ्कामा ऊर्जा सङ्कट थप खराब अवस्थामा,  इन्धनको भाउ १२ प्रतिशतसम्म बढ्यो

 फागुन १४, २०७८ शनिबार १८:२:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – श्रीलङ्कामा ऊर्जा सङ्कट थप खराब अवस्थामा पुगेको छ । श्रीलङकाको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले आज इन्धनको मूल्य १२ प्रतिशतसम्म बढाएको छ ।

बजारको एक तीहाई हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डीजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढेको हो । तीन हप्ता अगाडि सात प्रतिशत भाउ बढेकोमा आज फेरि बढेको हो ।

कोभिड–१९ महामारीको कारण प्रमुख विदेशी मुद्रा कमाउने पर्यटन क्षेत्र सङ्कटग्रस्त बनेपछि श्रीलङ्का आर्थिक सङ्कटको चपेटामा परेको छ । सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा आयातमा कडाइ गरेकाे थियो । अहिले देशमा इन्धन, विद्युत्, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको अभाव भइरहेको छ । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया