रुसमा हुने विश्व कप फुटबलको प्लेअफ बहिस्कार गर्ने पोल्यान्डकाे निर्णय

 फागुन १४, २०७८ शनिबार २०:१९:३१ | एजेन्सी
unn.prixa.net

पोल्यान्डले रुससँग उसको घरेलु मैदानमा हुने विश्व कप फुटबलको प्ले अफ बहिस्कार गर्ने भएको छ ।

विश्व कप फुटबल अन्तर्गत आउँदो मार्चको २४ तारिखमा पोल्यान्ड र रुसबीच मस्कोमा खेल हुने तालिका रहेको छ । तर रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा पोल्यान्डले रुससँगको छनाेटकाे प्लेअफ मस्कोमा नखेल्ने घोषणा गरेको हो ।

पोल्यान्ड फुटबल सङ्घका अध्यक्ष सेजारी कुलेजाले खेलाडीले रुसमा नखेल्ने भनेकाले यस्तो निर्णय गर्नुपरेको बताउनुभएको छ । यस्तै कप्तान रोबर्टो लेवान्डुस्कीले रुसले मानवता विरोधी काम गरेको भन्दै मस्कोमा नखेल्ने बताएका छन्।

चेक रिपब्लिक र स्वीडेनले पनि रुसबाहेकको अर्को देशमा खेल हुनुपर्ने बताएका छन् । युक्रेन आक्रमणकै कारण रुसमा हुने च्याम्पियनस लिग फुटबल पनि फ्रान्सको पेरिसमा सारिएको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया