युक्रेनमा नागरिक पनि अत्याधुनिक हतियारसहित रुसी सेनाको प्रतिकारमा

 फागुन १४, २०७८ शनिबार २०:३८:४५ | एजेन्सी
unn.prixa.net

आज पनि युक्रेनको राजधानी किएभमा भीषण लडाइँ चलिरहेको छ । रुसले आक्रमण सुरु गरेको आक्रमणको तेस्रो दिन आज पनि बमबारी, क्षेप्यास्त्र प्रहारसँगै दोहोरो गोली हानाहान पनि भइरहेको बीबीसीले जनाएको छ ।

रुसी सेनाका बख्तरबन्द गाडीहरु रुसको राजधानी किएभमा चलिरहेका छन् । किएभका मेयरले बेलुका पाँच बजेदेखि बिहान आठ बजेसम्म कर्फ्यु आदेश जारी गर्नुभएको छ । आज युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सडकमा निस्किएर देशवासीलाई लडाइँ नछाड्ने सन्देश दिनुभएको छ भने हजारौँ युक्रेनी नागरिकहरु अत्याधुनिक हतियारसहित सडकमा निस्किएका छन् । 

युक्रेनले नागरिकहरुलाई पनि रुसी सेनाको प्रतिकार गर्न अत्याधुनिक हतियार दिएको छ । युक्रेनले अहिलेसम्म एक सय ९८ जना युक्रेनी नागरिकको ज्यान गएको जानकारी दिएको बीबीसीले जनाएको छ । यस्तै युक्रेनले रुसका १४ वटा विमान र एक सय दुई वटा ट्याङ्क ध्वस्त बनाएको दाबी गरेको छ ।

युक्रेनले तीन हजार पाँच सयभन्दा धेरै रुसी सैनिकको ज्यान गएको र दुई सयभन्दा धेरै रुसी सैनिकलाई बन्दी बनाएको दाबी गरे पनि स्वतन्त्र पुष्टि भएको छैन । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले देश छाड्न अस्वीकार गर्नुभएको छ ।

अमेरिकाले राष्ट्रपतिको सुरक्षित उद्धारको लागि जहाज पठाउने प्रस्ताव गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिले आफ्नो देशमा युद्ध चलिरहेकोले सवारी नभइ हतियार आवश्यक परेको जवाफ दिनुभएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा युक्रेनी राष्ट्रपतिको यो भनाइको प्रशंसा भइरहेको छ ।

राष्ट्रपति जेलेन्स्कीले गएराति आफूलाई पक्राउ गर्ने रुसी सेनाको प्रयासलाई युक्रेनी सेनाले असफल बनाइदिएको बताउनुभएको छ । युक्रेनका लागि बेलायत, फ्रान्स लगायतका देशले हतियार र सैनिक सहयोग पठाउन थालेका छन् भने अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६ सय मिलियन अमेरिकी डलर सुरक्षा सहायता दिने निर्णय गरेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया