कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी
मंसिर १४, २०८० बिहिबार
रुसले युक्रेनसँग शान्ति वार्ताका लागि बेलारुसको सहर होमल प्रस्ताव गरेकोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुस वार्ताका लागि उपयुक्त ठाउँ नभएको बताउनुभएको छ । वार्ताका लागि रुसी प्रतिनिधिमण्डल बेलारुस पुगिसकेको तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले त्यो ठाउँ उपयुक्त नरहेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एउटा भिडियो सन्देश जारी गर्दै वार्सा, ब्राटिस्लाभा, इस्तानबुल, बुडापेस्ट वा बाकुमा वार्ता गर्न सक्ने बताउनुभएको छ । सन्देशमा जेलेन्स्कीले आफूहरू वार्ताका लागि तयार रहेको तर बेलारुसमा जान नसक्ने बताउनुभएको छ । रुसले बेलारुसबाटै युक्रेनमाथि आक्रमण सुरु गरेकाले उसले त्यहाँ जान अस्विकार गरेको हो ।
यसैबीच रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेका छन् । राजधानी किभमा क्षेप्यास्त्र प्रहार, बमबारी र गोली हानाहान भइरहेका बेला रुसी सेना खार्किभ पनि छिरेका खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
यस्तै युक्रेनको दक्षिणी सरह नोभा काखोभ्का रुसले नियन्त्रणमा लिएको छ । नीपर नदीको किनारमा रहेको यो सहर क्राइमिया नजिकै छ । नोभाका मेयरले रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेर सबै भवनबाट युक्रेनको झन्डा झिकेको बताउनुभएको बीबीसीले जनाएको छ ।
यसैबीच अमेरिकी अर्बपति एलन मस्कले रुसी आक्रमणले प्रभावित युक्रेनको इन्टरनेट सञ्जाल सुधार गर्नका लागि स्टारलिङ्क स्याटलाइट ब्रोडब्यान्ड परिचालन गर्नुभएको छ । ठूलो लडाइँ भएका दक्षिणी र पूर्वी युक्रेन अनलाइन सेवा खराब भएका छन् । स्टारलिङ्क प्रणालीसँग झन्डै एक हजार पाँच सय भू–उपग्रह रहेका छन् । ती भूउपग्रहहरूले फाइबर अप्टिकल केबल वा फोन टावरविना पनि इन्टरनेट सेवा दिन सक्छन् ।