युक्रेनकाे दाबी– ४ हजार ३ सय रुसीकाे ज्यान गयाे

 फागुन १५, २०७८ आइतबार १७:२२:३ | एजेन्सी
unn.prixa.net

युक्रेनकी उपरक्षामन्त्रीले रुससँगकाे युद्धमा अहिलेसम्म ज्यान गुमाएका व्यक्ति र क्षतिकाे एक अनुमानित तथ्याङ्क सार्वजनिक गर्नुभएकाे छ । युक्रेनी सेनाले अहिलेसम्म रुसलाई टक्कर दिएकाे उहाँले बताउनुभएकाे बीबीसीले जनाएकाे छ । 

उपरक्षामन्त्री हाना माल्एरले याे तथ्याङ्क सङ्घर्ष सुरु हुँदाकाे सुरुवाती तीन दिनकाे रहेकाे र यसमा परिवर्तन हुन सक्ने सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे छ । 

युक्रेनले सार्वजनिक गरेकाे अनुमानित तथ्याङ्कअनुसार अहिलेसम्म चार हजार तीन सय रुसी सेनाकाे ज्यान गएकाे दाबी गरिएकाे छ । यस्तै रुसतर्फ २७ विमान, २६ हेलिकप्टर, एक सय ४६ ट्याङ्क, सात सय ६ सशस्त्र गाडी, ४९ ताेप, एक हवाई रक्षा प्रणाली, चार रकेट प्रहार प्रणाली, ३० गाडी, ६० ट्याङ्कर, दुई ड्रोन र दुई डुङ्गामा क्षति पुगकाे जनाइएकाे छ । 

यस्तै युक्रेन सरकारले रुससँगकाे युद्धमा अहिलेसम्म दुई सय १० जनाभन्दा धेरै युक्रेनी नागरिककाे ज्यान गएकाे र ११ सय जनाभन्दा धेरै घाइते भएकाे जनाएकाे छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया