युक्रेन रुससँग वार्ताका  लागि  तयार, युक्रेनी प्रतिनिधिमण्डलको सुरक्षाको जिम्मा बेलारुसलाई

 फागुन १६, २०७८ सोमबार ७:५५:२० | एजेन्सी
unn.prixa.net

युक्रेनले रुससँग वार्ताका  लागि  तयार रहेको जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको वार्ता प्रस्ताव स्वीकार गर्नुभएको हो ।यसअघि  उहाँले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गर्नुभएको  थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वार्ता गर्न तयार हुनुभएको हो । युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै पनि पूर्वसर्त विना आफ्नो वार्ता टोली पठाउन तयार भएका बेलारूसी राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वार्ताको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसी राष्ट्रपति लुकासेन्कोबीच टेलिफोनमा कुराकानी भएको हो । बेलारुसले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फर्कने क्रममा बेलारूसी भूभागमा राखिएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्रहरू जमिनमा रहने सुनिश्चित गर्ने जिम्मेवारी लिने भएको छ ।

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।

रुसको मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको बीबीसीले जनाएको छ । रुसको आक्रमणमा परेर युक्रेनमा १४ बालबालिकासहित ३ सय ५२ जनाको ज्यान गएको छ ।

बालबालिकासहित १६ सयभन्दा धेरै घाइते भएका छन् भने तीन लाख ७० हजार भागेर विदेशको शरणमा पुगेका खबरमा उल्लेख गरिएको छ ।

तस्बिर : एपी

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया