आईएमई–पे र दराजबीच 'दराज वालेट डे’ सम्बन्धी सम्झौता

 फागुन १६, २०७८ सोमबार ८:२४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई पे र दराजबीच सम्झौता भएको छ।

सम्झौतामा ‘आईएमई पे’ का तर्फबाट सहायक प्रबन्धक प्रमोदमान सिंह बस्नेत र ‘दराज नेपाल’ का तर्फबाट साझेदारी प्रमुख अरुण फुँयालले हस्ताक्षर गर्नुभएकाे हाे । 

सम्झौता अनुसार, हरेक आइतवार दराज वालेट डे हुनेछ जसमा आईएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुटको रिडिम भाैचर पाउने छन्।

प्रयोगकर्ताहरुलाई आईएमई पे एप वा आईएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० सम्मको) पाइने रिडिम भाैचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ।

आईएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने विश्वास व्यक्त गर्नुभयाे । 

दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फुँयालले दराजमा आईएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउँन सक्ने बताउनु भयाे । 
 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया