युक्रेन–रुसबीच शान्तिवार्ताका लागि ठाउँ तयार : बेलारुस

 फागुन १६, २०७८ सोमबार १३:५५:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : बेलारुसकाे विदेश मन्त्रालयबाट

बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि ठाउँ तयार भएको जनाएको छ । युक्रेनमाथि रुसले युद्धको सुरु गरेको पाँचौँ दिन पुग्दा बेलारुसले वार्ताका लागि ठाउँ तयार भएको बताएको बीबीसीले जनाएको छ । 

वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिक ठाउँ तयार गरिएको छ । युक्रेन आफ्ना राजदूतलाई त्यहाँ पठाउन तयार भएको छ । 

यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसलाई सघाउन आफ्नो सेना पठाउने निर्णय गर्नुभएको रिपोर्टहरूमा भनिएको छ । यस्तो अवस्थामा पनि युक्रेन आफ्ना प्रतिनिधिमण्डल वार्ताका लागि पठाउन तयार छ । 

बेलारुसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा रुस र युक्रेनको झन्डासहित रहेको बैठक कक्षको फोटो सार्वजनिक गर्दै लेखेको छ, ‘रुस र युक्रेनको वार्ताका लागि बेलारुसमा ठाउँ तयार छ । प्रतिनिधिमण्डल आउँदै छन् ।’ 

बेलारुसको विदेश मन्त्रालयका प्रवक्ता ऐनातोली ग्लेजले वार्ता स्थलमा प्रतिनिधिमण्डल पुग्नेबित्तिकै वार्ता सुरु हुने बताउनुभएको छ । 

यसैबीच युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलन्स्कीले यस वार्ताबाट कुनै समाधान निस्किने आशा नरहेको बताउनुभएको छ । ‘सधैँजस्तै मलाई यो वार्ताबाट कुनै आशा छैन तर उनीहरूलाई कोसिस गर्न दिन्छौँ ।’ 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • omprakash panday

    Feb. 28, 2022, 4:15 p.m.

    वार्ताको विकल्प हुनै सक्दैन् त्यसैले वार्ताका माध्यमबाट समस्याको समाधान गर्नु जायज हुनेछ । युद्धले दुई देश रसिया र युक्रेन मात्रै होइन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विश्वलाई नै प्रभाव पार्ने देखिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया