तामाकोशी जलविद्युत् आयोजनामा दुई लाखको आवेदन

 भदौ २८, २०७५ शुक्रबार ५:३९:२४ | रासस

दोलखा - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जारी गरेको शेयरमा दुई लाख दोलखावासीले आवेदन दिएका छन् । 

दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको उक्त आयोजनाले दोलखावासीका लागि एक करोड ५ लाख ९० हजार कित्ता शयेर निष्कासन गरेको थियो । बिक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको तथ्याङ्क अनुसार तीन गुणा बढी आवेदन परेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो । 

आयोजनाले गत साउन १६ गतेदेखि यही भदौ १४ गतेसम्म शेयर आवेदन खुल्ला गरेकोमा सो समय अपुग भएको भन्दै आयोजनाले एक साताका लागि अर्थात् गत साउन २१ गते सम्म समय थप गरिएको थियो । 

स्थानीयवासीका लागि रु एक अर्ब ५ करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेकोमा तीन गुण बढी आवेदन परेको आयोजनाले जनाएको छ । स्थानीयवासीले न्यूनतम ३० कित्तादेखि अधिकतम ३०० कित्तासम्म आवेदन दिएको पनि आयोजनाले जनाएको छ ।

दोलखाको गौरीशङ्कर गाँउपालिकास्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भई सकेको पनि जनाइएको छ । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया