आईएमईकाे 'होस्टेमा हैँसे अफर' सार्वजनिक : दैनिक, साप्ताहिक र बम्पर उपहारको व्यवस्था

 फागुन १७, २०७८ मंगलबार १३:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमईले बैंक डिपोजिटलाई लक्षित गर्दै होस्टेमा हैँसे अफर  सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी याे अफर आजदेखि एक महिनासम्म कायम रहनेछ । 

अफर अन्तर्गत नेपालभरि जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आईएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिने छ ।

अफर अवधिमा हरेक दिन पाँच जनालाई एक हजार रुपैयाँ, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई ५ हजार रुपैयाँ तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिने आईएमईले जनाएकाे छ । 

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस्ता अफरहरूले सेवाग्राहीहरू र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नु भएकाे छ ।   

अफर अवधिमा भाग्यशाली विजेता छनाेटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्तहरू अनुसार भाग्यशाली विजेताको छनाेट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने भएकाे छ । विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आईएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् ।

आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यावसायिक साझेदार तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नु हुने आफन्तलाई पुरस्कार रकम प्रदान गरिने कम्पनीले जनाएकाे छ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित रहने छ ।

योजनाको अध्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेब पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार, क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया