भारतले पेट्रोलियम पदार्थको मूल्य बढेको नयाँ सूची पठायो

 फागुन १७, २०७८ मंगलबार १७:४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – इन्डियन आयल कर्पोरेशन (आईओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची नेपाल आयल निगमलाई पठाएको छ । निगमले आज मङ्गलवार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेको सूची प्राप्त भएको जानकारी गराएको हो । 

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ८९ पैसा बढेको छ । यस्तै डिजेल तीन रुपैयाँ आठ पैसा, मट्टीतेल प्रतिलिटर १० रुपैयाँ तीस पैसा र हवाई इन्धन प्रतिलिटर तीन रुपैयाँ ३२ पैसा बढेको छ । यस्तै एलपीजी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेर प्राप्त भएको निगमले जनाएको छ ।  

आज प्राप्त भएको नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा ६ सय ६५ रुपैयाँ घाटा हुने उसले दाबी गरेको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको खरिद लागत प्रतिलिटर एक सय ६५ रुपैयाँ ५२ पैसा, डिजेलको खरिद लागत एक सय ४४ रुपैयाँ आठ पैसा र एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर दुई हजार दुई सय सय ४० रुपैयाँ ३४ पैसा पुगेको छ । 

निगमका अनुसार अहिले कायम मूल्यमा बिक्री गर्दा निगमलाई आउँदो १५ दिनमा तीन अर्ब नौ करोड र मासिक ६ अर्ब १८ करोड रुपैयाँ घाटा हुने देखिएको छ । भारतबाट मूल्य बढेर आएको भए पनि नेपालमा भने भाउ बढेको छैन । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया