पश्चिमाहरूको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र समस्यामा

 फागुन १७, २०७८ मंगलबार १९:११:५५ | एजेन्सी
unn.prixa.net

युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र समस्यामा पर्न थालेको छ । 

अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट आएको बीबीसीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका एटीएममा रकम झिक्नेहरूको भिड लागेपछि रुसको केन्द्रीय बैंकले बचत ब्याज दर दोब्बरभन्दा धेरै बढाएर २० प्रतिशत पुर्‍याएकाे छ । 

युरोपेली युनियन (ईयू) को प्रतिबन्धपछि युरोपमा रहेका रुसी स्वामित्वका बैंकहरूले काम बन्द गरिसकेका छन् । मस्को शेयर बजार बन्द रहेको छ । रुसको केन्द्रीय बैंकमाथि प्रतिबन्ध लगाइएका कारण झन्डै ६ सय ३० अर्ब डलर विदेशी मुद्रा सञ्चिति प्रयोग गर्न नपाउने अवस्थामा पुगेको छ ।

अर्थतन्त्रमा असर पर्न सक्ने देखिएपछि रुसको केन्द्रीय बैंकले सबै विदेशी संस्था तथा व्यक्तिलाई सेयर तथा रुसमा गरिएको लगानी बिक्री गर्न रोक लगाएको छ । रुसमाथि अमेरिका र युरोपेली देशहरूले प्रतिबन्धहरू बढाइरहेका छन् । यस्तै हवाई क्षेत्रमाथि प्रतिबन्ध लगाउँदा रुसले लामो हवाई मार्ग प्रयोग गर्नुपरेको छ ।

यसैबीच चीनले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कुटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा रुस र युक्रेनबीच हिजो साेमवार भएको वार्ताले फेरि निरन्तरता पाउने अपेक्षा रहेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

युक्रेनमा रुसी आक्रमण अहिले पनि चलिरहेको छ भने सयौँ बख्तरबन्द गाडीसहित रुसी सेना युक्रेनको राजधानी किएभतर्फ गइरहेका तस्बिरहरू सार्वजनिक भएका छन् । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया