रुसद्वारा युक्रेनका सैन्य तथा प्राविधिक केन्द्र लक्षित आक्रमण तीव्र

 फागुन १८, २०७८ बुधबार ६:५५:१६ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र बनाएको छ । दुई देशबीचको शान्ति वार्ता विफल भएपछि आक्रमणलाई बढाएको रुसले युक्रेनको राजधानी किभ केन्द्रित आक्रमण गरिरहेको बीबीसीले जनाएको छ ।

रुसले केही समयअघि किभमा रहेको टिभी टावरमा आक्रमण गर्दा पाँच जनाको ज्यान गएको युक्रेनले जनाएको छ । रुसले अहिले किभमा रहेका सुरक्षा र प्रविधि संयन्त्रहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ । यसैबीच विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनका लागि तीन बिलियन अमेरिकी डलर सहायता घोषणा गरेको छ । दुई संस्थाले संयुक्त विज्ञप्ति निकालेर बढ्दो मृल्यवृद्धी रोक्न र युक्रेनी नागरिकको सहायताका लागि अर्को हप्तासम्ममा सहयोग रकम तीन सय ५० बिलियन डलर पुर्याउने बताएका छन् ।

यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो सेना युक्रेनमाथिको आक्रमणमा रुसी सेनासँग सामेल नहुने बताउनुभएको छ । भ्लादिमिर पुटिनका नजिकका सहयोगी लुकासेन्कोले बेलारुसी सेनाले सैन्य कारबाहीमा भाग नलिएको र कहिल्यै नलिने बताउनुभएको बीबीसीले जनाएको छ । यसैबीच रुसले शान्ति वार्ताको लागि युक्रेनले चासो नदेखाएको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रंघका लागि रुसी राजदुत गेनाडी गाटिलोभले युक्रेन र उसलाई सहयोग गर्नेहरुले आवश्यक कुटनीतिक पहल नगरेको बताउनुभएको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया