रुस–युक्रेन युद्धले रुसी खेल क्षेत्र प्रभावित : प्रतिबन्ध र साझेदारी रद्द गर्ने क्रम बढ्दो

 फागुन १८, २०७८ बुधबार ९:१४:५३ | एजेन्सी
unn.prixa.net

सन् २०१४ मा सोचीमा डाउनहिल स्की प्रतियोगिता हेर्दै राष्ट्रपति भ्लादिमिर पुटिन

युक्रेनमाथि आक्रमण गरिरहेको रुसमा प्रतिबन्धहरुको कारण खेल क्षेत्रमा पनि समस्या देखिन थालेकाे छ । पश्चिमा देशहरुले अन्य आर्थिक प्रतिबन्धसँगै खेल क्षेत्रमा पनि प्रतिबन्धहरु बढाउँदै लगेपछि रुसी खेल क्षेत्र समस्यामा पर्न थालेको हो । 

अन्तर्राष्ट्रिय कम्पनीहरुले रुसी खेलका संघसंस्था तथा विभिन्न क्लबहरुसँगको साझेदारी तोडेका छन् भने खेल सम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाले पनि प्रतिबन्ध लगाउन थालेका छन् । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन् । यो प्रतिबन्धका कारण रुसको आउँदो विश्वकप फुटबल यात्रा अनिश्चित बनेको छ ।

फिफाको निलम्बन परेकाले रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ । पोल्याण्डले यूक्रेनी नागरिकसँग ऐक्यबद्धता जनाउँदै यस अघि नै आफूले रूससँग नखेल्ने घोषणा गरिसकेको छ । त्यस्तै रुसको महिला टोलीले समरमा हुने युरोकप–२०२२ को प्रतियोगिता गुमाउने छ । यस्तै रुसी क्लब स्पार्टक मस्कोले युरोपा लिग खेल्न पाउने छैन ।

यूएईएफले रसियाको इनर्जी जोइन्ट जाजप्रोमसँगको स्पोन्सर सम्झौता समेत रद्द गरेको छ । खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताहरु निलम्बनमा पर्नु, खेल क्षेत्रमा भइरहेको साझेदारी टुट्नु, प्रतियोगिताहरुमा सामेल हुन नपाउनु र देशभित्रै नियमित प्रशिक्षणमा समस्या लगायतका कारण रुसी खेल क्षेत्रमा समस्या बढीरहेको हो । 

युद्ध लम्बिदै गएमा नजिकिएका महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गुमाउनुको साथै रुसी खेल क्षेत्रमा यसको असर धेरै लामो समय पर्नेछ । फिफा र यूईएफले निकालेको संयुक्त विज्ञप्तिमा फुटबल एकता र भाइचराको खेल रहेको भन्दै आफूहरु युक्रेनी नागरिकको साथमा एकताबद्ध भएको र चाँडै अवस्था सुधार भइ शान्तिको महसुस पाउने आशा रहेको बताएका छन् ।   
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया