अमेरिकाद्वारा आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध

 फागुन १८, २०७८ बुधबार ९:४५:११ | एजेन्सी
unn.prixa.net

अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाएको छ । संसदलाई संबोधन गर्दै राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । 

रुसबाट अमेरिकाका लागि हुने केही उडानहरु यसअघि नै रद्द भैसकेका छन् । बाइडेनले हवाई क्षेत्रमा गरेको प्रतिबन्धले रुसलाई एक्ल्याउने र उसको अर्थतन्त्रमा थप दवाव पुग्ने बताउनुभएको छ । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसको स्वामित्वमा रहेका तथा रुसी कम्पनीद्वारा सञ्चालित विमानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको उहाँले बताउनुभयो । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि युरोपका धेरै देशले रुसी जहाजमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

यसैबीच रुसले युक्रेनमाथि आक्रमण थप तीव्र बनाएको छ । युक्रेनको राजधानी किभमा सुरक्षा तथा प्रविधि केन्द्रहरुलाई लक्षित गरी रुसले स्थल तथा हवाई आक्रमण गरिरहेको छ । आक्रमणको निशानामा सञ्चारमाध्ययम, नागरिक, विद्यालय, अस्पताल लगायत पनि परेका छन् । 

यसअघि युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा भएको रुसी आक्रमणमा १० जना नागरिकको ज्यान गएको थियो । खार्किभ घटनालाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्ध अपराधी घोषणा गर्न माग गर्नुभएको छ । रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसन नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । 

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध चलिरहेको लडाइँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताउनुभएको छ । पत्रकारहरूसँग कुरा गर्दै उहाँले उडान प्रतिबन्धित क्षेत्र घोषणा नगर्ने अडानबारे पुनर्विचार गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोलाई आग्रह समेत गर्नुभएको छ । रुससँग थप वार्ताको लागि पहिलो युक्रेनमाथि आक्रमण रोकिनुपर्ने बताउनुभयो । आफूहरु वार्ताको पक्षमा रहे पनि देशमा बमबारी भैरहेको बेला वार्तामा बस्न नसक्ने उहाँले बताउनुभयो ।     


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया