अमेरिकी राष्ट्रपति बाइडेनद्वारा रुसी राष्ट्रपति पुटिनलाई तानाशाहको संज्ञा

 फागुन १८, २०७८ बुधबार ११:५३:१६ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक तानाशाहको सङ्ज्ञा दिँदै युक्रेनमाथि गरेको अतिक्रमणको मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

युक्रेनमाथि सुनियोजित र बिनाउक्साहट आक्रमण गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गल्ती गरेको बाइडेनको भनाइ छ । संसदमा सम्बोधन गर्दै बाइडेनले पश्चिमा देशहरुलाई विभाजन गर्न सक्ने पुटिनको गलत आँकलन रहेको भन्दै पश्चिमी देश एकजुट रहेको बताउनुभयो । उहाँले  रुस अहिलेसम्मकै सबैभन्दा धेरै एक्लिएको दाबी पनि गर्नुभयो ।

यसैबीच रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । विमानबाट ओर्लेका सेनाहरुले एउटा सैनिक अस्पतालमाथि आक्रमण गरेका र लडाइँ चलिरहेको युक्रेनी सेनाले जनाएको छ । रुसी सेनाले राजधानी किभलाई पनि घेरेर आक्रमण गरिरहेका छन् ।

यसैबीच रुसले आफ्ना नागरिकलाई १० हजार अमेरिकी डलरभन्दा बढी नगद लिएर देशबाहिर जान प्रतिबन्ध लगाएको छ । पश्चिमा देशका कडा प्रतिबन्धहरू लगाइरहेका बेला रुसी राष्ट्रपति पुटिनले आजदेखि लागु हुनेगरी यस्तो ओदश जारी गर्नुभएको बीबीसीले जनाएको छ ।  पश्चिमा देशहरूको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र र मुद्रामा समस्या बढीरहेको छ ।  रुसको शेयर बजार आज तेस्रो दिन पनि बन्द छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया