न्युजिल्यान्डकाे संसद् भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप

 फागुन १८, २०७८ बुधबार १५:१४:२५ | एजेन्सी
unn.prixa.net

न्युजिल्यान्डकाे संसद् भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध राजधानी विलिङ्टनको संसद् भवनबाहिर तीन हप्तादेखि टेन्ट टाँगेर बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा झडप भएको समाचार संस्था एएफपीले जनाएको छ । 

प्रदर्शनकारीलाई हटाउने क्रममा उनीहरू आफैँले टेन्टहरूमा आगजनी गरेका छन् । प्रदर्शनकारीले प्रहरीलाई इँटा, पानीका बोत्तल लगायतका वस्तुले प्रहार गरेका थिए, यस्तै प्रहरीले पानीको फोहरा, अश्रु ग्यास र लाठीकाे प्रयाेग गरेर उनीहरूलाई हटाएको खबरमा उल्लेख छ । 

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले नागरिकको रक्षाका लागि अनिवार्य गरेको कोरोना खोपकाे विरुद्ध आन्दोलन गर्नेहरूलाई बल प्रयोग गरेर हटाउन निर्देशन दिनुभएको थियो । 

उहाँले संसदबाहिरको मैदान कब्जा गरेर बस्नेहरूलाई कानुनी कारबाही गर्ने भन्दै उनीहरूको विरोधलाई देशप्रतिको गैरजिम्मेवारीपनको संज्ञा दिनुभएको छ । अनावश्यक विषय उचालेर उग्र बन्नेहरूलाई माफी दिन नसकिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया