शेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रीकाे निर्देशन

 फागुन १८, २०७८ बुधबार १६:१२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाइ पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नुभएको छ । आज बुधवार अर्थ मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर अहिले पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नुभएको हो ।

छलफलमा बोल्दै अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शेयर बजारमा देखिएकाे समस्या समाधान गर्न एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले शेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरूको काम कारबाहीबाट देखिनेछ ।’

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताउनुभयो । उहाँले पुँजी बजार सुधारका लागि केही कानुनमा सुधार गर्नुपर्ने बताउनुभयो । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागिपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । 'टीएमएस प्रणाली' सुधार गर्नुपर्ने देखिएको छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजी बजारसम्बन्धी ऐन समय सापेक्ष नभएको बताउनुभएको छ । उहाँले पुँजी बजार सुधारका लागि अहिले भएका नीतिगत व्यवस्थाहरूलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनका लागि प्राविधिको अध्ययन गर्नुपर्ने जानकारी दिनुभयो ।

त्यस्तै अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले पुँजी बजार आन्तरिक मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी देखाउनुपर्ने बताउनुभयो । उहाँले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिनुभयो ।

अर्थ मन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिँदै पुँजी बजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Janata

    March 2, 2022, 5:02 p.m.

    सेयर बजार दाउ छोपेर कमाउने खेल हो । राज्यले कर र सीमित व्यक्तिले रोगजार पाउने वाहेक तात्विक योगदान हुन्छ जस्तो लाग्दैन । ठूला कारोबारीले निकै चलखेल गर्दछन् । त्यसैले, ठूलो कारोबारीलाई कारोबारको सीमा निर्धारण गर्नु पर्दछ । सेयर कारोबार सधैं जीतको खेल होइन, घाटा पनि सहनु पर्दछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया