प्रधानन्यायाधीशमाथिकाे महाअभियोगबारे आउँदाे संसद् बैठकमा छलफल हुन्छ : मन्त्री बडू

 फागुन १८, २०७८ बुधबार १६:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताउनुभएको छ । 

प्रतिनिधि सभाको आजको बैठकपछि संसद् भवनमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्ताव अघि बढ्ने जानकारी दिनुभयो । उहाँले हाम्रो नियमावलीको व्यवस्थाअनुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिनुभयो ।

त्यसका लागि ११ जनाको महाअभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ । यसको वस्तुगत आधारसमेत तयार गरेर फेरि संसदमा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उहाँले जानकारी दिनुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २२ गतेका लागि बोलाइएको छ । सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो ।

यस्तै पत्रकारहरूसँगकाे कुराकानीमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले महाअभियोग प्रस्तावका विषयमा सुरुमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताउनुभयो । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया