रुस र युक्रेनबीच आज दोस्रो चरणको वार्ता हुने

 फागुन १८, २०७८ बुधबार १९:३८:३० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुस र युक्रेनबीच आज बुधवार दोस्रो चरणको वार्ता हुने भएको छ । यसअघि अस्ति साेमवार भएको पहिलो चरणको वार्ताबाट कुनै निष्कर्ष निस्कन सकेको थिएन । तर शान्ति वार्तालाई कायमै राख्नका लागि आज अर्को चरणको छलफल हुन गइरहेको रुसको समाचार संस्था तासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘हाम्रो प्रतिनिधिमण्डल वार्तालाई जारी राख्न तयार छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभएकाे छ । वार्तामा रुसको नेतृत्व राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने उल्लेख छ । तर दुवै पक्ष आफ्नो अडानमै रहेकाले यो वार्ताबाट पनि धेरै कुराको परिवर्तनको अपेक्षा नरहेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेष्टोभिचले बताएको खबरमा उल्लेख छ ।

रुसले युद्धविराम गरेर आफ्नो भूमिबाट सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान छ, युक्रेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली युनियनको सदस्य नबन्ने कुराको ग्यारेन्टी गरेमा मात्रै आक्रमण रोक्ने रुसले अडान लिएको छ । 

यसैबीच रुसले युक्रेनकाे दाेस्राे ठूलाे सहर खार्किभमा लगातार आक्रमण गरिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छन् । त्यहाँका कैँयाैँ सरकारी भवनहरूलाई निसाना बनाइएकाे र खार्किभमा रहेकाे नगर परिषद्काे भवनमा रुसले क्रुज मिसाइल प्रहार गरेकाे बीबीसीले जनाएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया