युक्रेनको राजधानी किएभबाट बाहिरिनेलाई रुसी सुरक्षाफौजले अवरोध नगर्ने

 फागुन १९, २०७८ बिहीबार १०:३६:३१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसी सुरक्षकर्मीले युक्रेनको राजधानी किएभका नागरिकलाई त्यहाँबाट बाहिरिन भनेको छ । किएभबाट बाहिरिनेहरुलाई रुसी सुरक्षाफौजले कुनै अवरोध नगर्ने रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले किएभबाट भासिल्किभ जान चहनेहरुका लागि कुनै अवरोध नगर्ने बताएका बीबीसीले जनाएको छ । रुसले किएभलाई खाली गराउन चाहेको छ। किएभका नागरिकले रुसी सैनिकलाई रोक्ने प्रयास गरिरहेका छन् ।

यसैबीच, युक्रेनको बन्दरगाह नगर खेअरसनलाई नियन्त्रणमा लिइएको छ । रुसी फौजको नियन्त्रणमा गएको युक्रेनको यो महत्त्वपूर्ण सहर हो । त्यहाँ सुस्त गतिमा कार गुडाउन अनुमति दिइएको छ भने दुई जनाभन्दा बढीको समूहमा नहिँड्न भनिएको खबरमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया