अब विगतको गल्ती दाेहाेर्‍याउँदिन : कमल थापा

 फागुन २०, २०७८ शुक्रबार ८:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमी–कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अडाडि बढाउने बताउनुभएको छ । 

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविसं) नेपालको घोषणा सभालाई हिजाे बिहीवार सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताउनुभयो । संवर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै उहाँले परिवर्तनपछि देश त्रुटिपूर्ण मार्गचित्रबाट जबरजस्ती अगाडी बढाइएकोले सङ्कटको दलदलमा भासिएको बताउनुभयो । 

देशकाे शिक्षा क्षेत्र गरिब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यावसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रविसं नेपालका विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा भएको विकृतिको अन्त्यको निमित्त सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । 

कार्यक्रममा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपाल गठनको घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल, दीपक जोशी रहेका छन् भने महासचिवमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् । यस्तै सह–महासचिवमा तेज कार्की र समीर थापा, सचिवमा सरोज तिमल्सिना, अस्मिता बम, कमल सुनार, शिवराम घिमिरे, आर्यन पाण्डे र प्रवक्तामा त्रिविक्रम सिंह, सह–सचिवमा विशाल राउत, सम्पदा अधिकारी र सन्दीप खड्का रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया