युक्रेनको आणविक प्लान्टमा आगलागी, तत्काल कदम चाल्न विश्वलाई जेलेन्स्कीको आग्रह

 फागुन २०, २०७८ शुक्रबार ९:५४:४६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउनुभएको छ । 

उहाँले विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ । ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ । 

रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीले भन्नुभएको छ । उहाँले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो हुने बताउनुभयो । ‘युरोपका नागरिक कृपया जाग्नुहोस्, रुसी बलले युक्रेनको आणविक प्लान्टमा आक्रमण गरिहेकोबारे आफ्ना नेताहरूलाई भन्नुहोस्’, जेलेन्स्कीले भन्नुभएको छ । 

आफू अमेरिका, बेलायत र ईयूका नेताहरूको सम्पर्कमा रहेका उहाँले बताउनुभएको छ । साथै जेलेन्स्कीले इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) सँग पनि कुराकानी भएको उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • वीरेन्द्र

    March 5, 2022, 1:16 a.m.

    प्रिय जेलेन्स्की! बहादुरीका साथ भाग । अमेरिका या युरोपको शरणमा जाउ र ज्यान जोगाउ । उनीहरूले गर्न सक्ने त्यत्ति हो । उकास्ने उकास्ने, जब भिडन्त सुरुहुन्छ रमिता हेर्ने । २०१४ मा उनिहरूकै गोटी भएर तत्कालिन राष्ट्रपति भिक्टोर इलिकोभीचलाई युक्रेनबाट खेदेको होइन ? अब तिम्रो पालो । भाग बहादुरीका साथ । र गर्वका साथ शरण पर ।

  •  0 Reply

तपाईको प्रतिक्रिया