युक्रेनमाथिको आक्रमण योजनाअनुसार नै : रुसी राष्ट्रपति पुटिन

 फागुन २०, २०७८ शुक्रबार १२:१५:१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुसार नै भएको बताउनुभएको छ  । उहाँले भन्नुभएको छ, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’

रुसकाे सुरक्षा परिषद्को एक बैठकमा उहाँले हिजाे बिहीवार याे धारणा राख्नुभएको सिन्ह्वाले जनाएकाे छ । हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ, पुटिनले भन्नुभएको छ । 

उहाँले रुसले युक्रेनमाथि गरेको आक्रमणमा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।’ रुसको सीमा क्षेत्रमा पश्चिमाहरूबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उहाँले बताउनुभयो ।

रुसले गएकाे हप्तादेखि नै युक्रेनमा आक्रमण गरिरहेकाे छ । हिजाे रातिसम्म पनि युक्रेनकाे राजधानी र अन्य कतिपय सहरहरूमा रुसी सेनाले आक्रमण गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया