युक्रेनको तटमा विस्फोटपछि एउटा मालवाहक जहाज डुब्यो

 फागुन २०, २०७८ शुक्रबार १३:२४:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : Henk Jungerius

युक्रेनको तटमा विस्फोटपछि एउटा मालवाहक पानीजहाज डुबेको छ । डुबेको जहाज इस्टोनियाकाे हो ।

विस्फोट कसरी भयो भनेर खुलेको छैन । चालक दलका दुई सदस्य र अरु चार जनालाई युक्रेनको उद्धार तथा राहत सेवाले उद्धार गरेको बीबीसीले जनाएको छ । यो जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट युक्रेनको तट ओडेसा बन्दरगाह नजिक आइपुगेको थियो ।

इस्टोनियाको सीमा रुससँग जोडिन्छ । इस्टोनिया उत्तर एटलान्टिक सैन्य सङ्गठन नेटोको सदस्य देश हो । रुसले ओडेसामाथि पनि कब्जा गर्न चाहेको युक्रेनले बताउँदै आएको छ । यसका लागि रुसले विशेष जहाजहरु त्यहाँ पठाइरहेको युक्रेनको दाबी छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया