युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसको कब्जामा

 फागुन २०, २०७८ शुक्रबार १४:४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आणविक केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् ।

आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । याे आणविक केन्द्रमा ६ देशका १५ न्युक्लियर ऊर्जा रियाक्टर रहेको रोयटर्सले जनाएको छ ।

यदि ऊर्जा केन्द्रमा विस्फोट भयो भने त्यहाँ राखिएको वातावरण अनुकूलन प्रणालीले काम गर्न छाड्ने र केन्द्रमा रहेको रेडियोधर्मी पदार्थ हावामा मिसिँदा मानव समुदायमा ठूलो असर पुर्याउने हार्भर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनलाई उदृत गर्दै सीएनएनले जनाएको छ । यो केन्द्र सन् १९८४ देखि सञ्चालनमा आएको हो।

यो ऊर्जा केन्द्रबाट पाँच हजार सात सय मेगावाट विद्युत् उत्पादन हुने गरेको सीएनएनले जनाएको छ। 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया