पाकिस्तानको एउटा मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

 फागुन २०, २०७८ शुक्रबार १७:४९:१७ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको एउटा मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ ।

कोचा रिसालदार क्षेत्रमा रहेको शिया मस्जिदमा गराइएको आत्मघाती विस्फोटमा ५० जनाभन्दा धेरै घाइते भएका पाकिस्तानका अधिकारीहरुलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा रहेका प्रहरीलाई गोली हानेर भित्र प्रवेश गरेको खबरमा उल्लेख छ ।

अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मा लिएका छैनन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाको निन्दा गर्नुभएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ। 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया