शिवरात्रिमा पशुपति आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

 फागुन २१, २०७८ शनिबार ७:२५:४ | रासस
unn.prixa.net

फाइल तस्बिर, रासस

काठमाण्डाै - शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले नौसय देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । यसैगरी कोषले एक सय पाँच रुपैयाँदेखि पाँच हजार एक सय रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

कोषले अहिलेसम्म झन्डै तीन हजार पाँच सय जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ । गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया